दफा १२
वेवसाइट व्यवस्थापन समिति

(१) आयोगको वेवसाइटको व्यवस्थापनलाई अद्यावधिक र दुरुस्त  बनाइ राख्ने प्रयोजनको लागि आयोगले एक वेवसाइट व्यवस्थापन समिति गठन गर्न सक्नेछ । (१क)द्द उपदफा (१) वमोजिमको वेवसाइट ब्यवस्थापन समिति देहाय वमोजिमको हुनेछ ः–
(क) उपसचिव, नेपाल कानून आयोग –संयोजक
(ख) उपसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
(राय राजपत्र शाखा) –सदस्य
(ग) शाखा अधिकृत, नेपाल कानून आयोग –सदस्य–सचिव
(२) उपदफा (१) बमोजिमको समितिले वेवसाइटमा रहेका सामग्रीहरुलाई व्यवस्थित गरी उक्त सामग्रीहरुलाई अद्यावधिक र त्रुटिरहित बनाउने सम्बन्धमा आवश्यक सुझाव, सल्लाह, सहयोग र समन्वयको कार्य गर्नेछ । (३)घ उपदफा (१) बमोजिमको समितिले कुनै कानून नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले नयाँ कानूनको हकमा सात दिनभित्र र संशोधित कानूनको हकमा समान्यता
पन्ध्र दिनभित्र वेवसाइटमा अद्यावधिक गराई सक्नु पर्नेछ ।